29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ, साउन ११ गते ।

साउन शुक्ल पूर्णिमाका दिन शुक्रवार मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने हुन्छ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो प्रदान गर्ने दिनका रूपमा गुरु पूर्णिमा मनाउने गरिन्छ ।
अचेल खेलकुद, सङ्गीत, चित्रकला, कलालगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ ।

‘गुरु व्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर गुरु साक्षात् परम्व्रह्मा तस्मै श्री गुरु वे नमः’ भनेर शास्त्रमा गुरुको महिमा वर्णन गरिएको छ ।

सन्ध्या आरतीको मन्त्र दान गर्ने गुरुआमा र चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले महत्वका साथ यो दिन गुरु पूजन वा गुरु स्मृति गर्छन ।

गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ ।

वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइन्छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ ।
अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथका पुजारीले गुरु दक्षिणामूर्तिको पूजा अर्चना गरेपछि यहाँ गुरु पूर्णिमाको उत्सव सुरु हुने गर्छ ।
खग्रास चन्द्र ग्रहण
साउन शुक्ल पूर्णिमाको मध्यरातमा शुक्रबार खग्रास चन्द्र ग्रहण लाग्दैछ ।

सूर्य र चन्द्रको वीचमा पृथ्वी सीधा रेखामा रहँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्ने यो ग्रहण काठमाडौँमा राति १२ः०९ मा सुरु भएर बिहान ४ः०६ मा समापन हुन्छ । ग्रहण ३ घण्टा ५७ मिनेटसम्म रहन्छ ।
पृथ्वीको छायाँले चन्द्रमालाइ पुरै ढाक्ने भएकोले यो ग्रहणलाई खगोलशास्त्रमा खग्रास ग्रहण भनिन्छ ।

मकर राशीमा ग्रहण लाग्ने भएकाले मकर कन्या र वृष राशिकालाई यो ग्रहण अशुभ छ ।
मेष, सिंह, वृश्चिक र मीन राशीकालाई शुभ र अन्यलाई सामान्य फल दिने खालको ग्रहण रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ ।
पशुपतिनाथलाई भने ग्रहणको दोष लाग्दैन भन्ने भनाइ छ ।

अमालकोटका द्वारे पूर्ण डङ्गोलका अनुसार ग्रहण भएपनि पूर्णिमामा हुने महास्नानको भोग नाथलाई चढाइन्छ ।

भव्यताका साथ महास्नान हुन्छ । ग्रहण समापनपछि स्नान दान गर्दा राम्रो हुन्छ । ग्रहणका बेला भोजनका साथै यौनसम्पर्क गर्नु उचित नहुने डा. सिटौलाको सुझाव छ ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles