बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर

द्वारा : सुदुर न्युज
0

वीरगञ्ज, साउन १० गते ।
करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुर बस्ने ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकित साहलाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो ।

अपहरणकारीहरुले अंकितलाई जेठ २२ गते साँझ मोटरसाइकलमा राखेर अपहरण गरी लगेर पटक पटक गरी रु ६४ लाख ५० हजार फिरौती रकम लिएर केही दिनपछि हत्या अनुसन्धानमा खुल्न आउको छ ।

बालकको शव साउन ३ गते पर्साको जगरनाथपुरको गण्डक नहर छेउमा सडेको अवस्थामा फेला परेको थियो । सो घटनामा संलग्न अन्यको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy