29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बाढीको उच्च जोखिममा गोइरी गाँउ

रुकुम,साउन १० गते ।
मध्यपहाडि लोकमार्ग अन्र्तगत रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ स्थित गोईरी गाँउ बाढीको उच्च जोखिमा परेको छ ।

अँधेरी खोलामा निर्माण गरिएको १० मिटर लामो मोटरेबल पूलमा बस्तीमाथिबाट झरेको बाढी रोकिंदा यहाँको पुरै बस्ती जोखिममा परेको हो । बस्तीमाथिको अँधेरी खोलाको जंगलमा स्थानीयले घर छाउने ढुंगा उत्खनन् गर्दा वर्षायामको समयमा यो बस्ती बाढीको उच्च जोखिममा पर्ने गरेको छ । दिनहुँ झर्ने गरेको बाढीले पक्की मोटरेबल पूललाई समेत पुरेको र मानविय क्षति हुन सक्ने खतरा बढेपछि स्थाीयबासीमा चिन्ता थपिएको छ ।

यस्तो अवस्था हुँदा सम्म कसैले ध्यान नदिएको स्थानीय गोबिन्द पुनले बताए ।

मध्यपहाडि लोकमार्गमा पर्ने यो सडकखण्डको अँधेरी खोलामा दुईवर्ष अघिमात्र पक्की मोटरेबल पूलको निर्माण गरिएको थियो ।

तर यसपटकको वर्षासंगै खोलामा आएको बाढीले मोटरेबल पूल पुरेको र पूलमाथिबाट खोला बाग्ने गरेकोे छ ।

बाढीले मोटरेबल पूललाई क्षति गरेकाले तीब्र गतिमा अघि बढेको मध्यपहाडि लोकमार्गको काम समेत ठप्प भएको छ ।

बाढीकै कारण सडक निर्माणमा जुटेका कामदारहरुलाई समस्या भएको र यसतर्फ सम्बन्धित निकायको ध्यान नगएकोप्रती सडक निर्माण कम्पनीले दुखेसो पोखेको छ ।

चन्द्रा एण्ड बसन्त निर्माण कम्पनीका लक्षणदत्त बडुले आफ्नो काम सडक बनाउने भएको र पुल बनाउनेले ध्यान दिनुपर्ने बताए ।

दिनहुँ माथिबाट झर्ने बाढी मोटरेबल पूलमा नै रोकिने भएकाले सडकमुणीको बस्ती र मोटरेबल पूल नजिकका घरहरुलाई क्षति पुग्ने खतरा बढेको छ । सडकमा पूल निर्माण गर्नुअघि प्राविधिक त्रुटि गरिएकाले हाल पूलमाथिबाट बाढीसहितको खोला बग्ने गरेको छ ।

बाढीले मोटरेबल पूललाई ठूलो क्षति पुगेकाले प्राविधिक त्रुटि गर्ने जो कसैलाई तक्काल कार्बाही गनुपर्ने वडा नं ८ का अध्यक्ष डम्बर बहादुर मल्लको भनाई छ ।

सिंगो मध्यपहाडि लोकमार्गलाई जोड्ने मोटरेबल पूलको अवस्था संचालनमा आएको दुई वर्षभित्रै बाढीले पुरिने गरी निर्माण गर्नु नै प्राविधिक कमजोरी हो । बाढी र पूलको कारण जोखिममा परेको यहाँको बस्तीलाई जोगाउन यसतर्फ सम्बन्धित सडक विभाग र अन्य सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles