26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

पिकप दुर्घटना हुदा चालकको मृत्यु

सल्यान,साउन १० गते । 
सल्यानमा पिकप गाडी दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर ३ फलाटेको डुडुवाखोलामा लु १ च ७७४४ नम्बरको पिकप गाडी बिहिबार बिहान दुर्घटना हुदाँ शिद्धकुमाख गाउँपालीका वडा नम्बर ३ का गाडी चालक २४ हेमराज रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको ।
ढोरचौरतर्फ जादै गरेको पिकप गाडी बिहिबार बिहान करिब १० बजेतिर दुर्घटामा परेर घाईते चालकको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँको टाउँकोमा चोट लागेको थियो ।

गाडी अन्दाजि २५ मिटर तल खसेको प्रहरीको बताएको छ ।
यस्तै जिल्लामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न ५ का अन्दाजी ४४ वर्षिय गुमान विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । बुधबार साँझ वडा न ४ को रांगो लोटेको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
बुधबार बिहान घरबाट बोका खोज्न भनी हिडेका साँझसम्म पनि नर्फिएपछि खोजी कार्यगर्दा राति १० बजे तिर मृत्त फेला पारेको आफन्त केशव केशव शर्माले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles