29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बाढीपीडितका लागि आएको झन्डै ४ करोड फ्रिज

विराटनगर, साउन ९ गते ।
मोरङको कटहरी गाउँपालिकाको बाढीपीडितलाई वितरणका लागि आएको ३ करोड ८९ लाख २५ हजार रकम फिर्ता भएको छ ।

बाढीपीडितको रकम स्थानीय तहले वितरण नगरेपछि फ्रिज भई फिर्ता भएको हो ।

सो रकम मोरङको कटहरी गाउँपालिकाका बाढी पीडितलाई आएको थियो ।

गृहमन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउँपालिकाले वितरण नगरेपछि रकम फ्रिज भई फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले रकम वितरणका लागि पटकपटक पत्राचार गर्दा पनि कटहरीसहित अन्य गाउँपालिकाहरुले बेवास्ता गरेकाले रकम फिर्ता भएको बताए ।

देशभरका गाउँपालिका, नगरपालिकालाई पठाएको रकम फिर्ता भएकाले यसको समाधान केन्द्रस्तरबाट हुनुपर्ने उनले बताए ।

तर कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बाढीपीडितको रकम आर्थिक वर्षभित्र फ्रिज हुन्छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयबाट पत्राचार तथा आफूलाई कुनै जानकारी नगराएको दाबी गरेका छन ।

आर्थिक वर्षको अन्तसम्ममा रकम वितरण गरिसक्नुपर्ने कुराको जानकारी प्रशासनले नगराएको गाउँपालिका अध्यक्ष कामतको भनाइ छ ।

अब फेरि सो रकम आउने वातावरण वनाउन गाउँपालिका अध्यक्ष कामतले प्रमुख जिल्ला अधिकारी आर्चायसँग आग्रह गरेका छन । कटहरी गाउँपालिकाले बाढीपीडितलाई रकम वितरण नगरेपछि स्थानीयले गाउँपालिका घेराउ समेत गरेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles