27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अपहृत बालकको शव फेला

वीरगञ्ज, साउन ८ गते ।

करीब डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौवर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ ।

भारत विहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएकोसोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले गरेको छ ।

गत जेठ २२ गते अपहरृहत अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको पुष्टि बाराका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताउनुभयो ।

शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको बारा प्रहरीले जनाएको छ ।

वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्रउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो ।

पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया शहरमा भारु १५ लाख फिरौतीवापत बुझेको थियो ।

अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डिएन परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।

यता जीतपुरवासीले प्रहरीको फितलो अनुसन्धानका कारण बालक अंकित बाँच्न नसकेको आरोप लगाएकाछन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले राससलाई भन्नुभयो, “अपहरण काण्डमा प्रहरीको भूमिका सन्तोषजनक नदेखिएको र पर्सा तथा बारा प्रहरीबीच समन्वयको अभावको कारण यस्तो घटना भएको हो ।  (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles