25.7 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

रानाथारु महिलाले साउने डोला खेली तिज मनाए

कञ्चनपुर, साउन ८ गते ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटाका रानाथारु म्हिलाहरुले साउने डोला खेली तिज मनाएका छन ।

रानाथारु समुदायका महिलाले आफनो दाजुभाई र भतिजाको उमेर बृद्धिको कामना र घरमा सुख सान्ति हुने बिश्वासका साथ ब्रत बसेर तिज मनाउने गरेका हुन ।

ब्रत बसेका महिलाहरु तिजमा पिङको डोला बनाएर खेल्ने र साझ पख नजिकैको खोलामा गएर पुजा गरी खोला छेउमै बसेर खाना खाने चलन रहेको स्थानीय महिला बबिता रानाले बताउनुभयो ।

रानाथारु समुदायले प्रत्येक वर्ष तीज मनाउछन् भने गत ३९ साल देखी बन्द गरिएको डोला खेल्ने परम्परा भने अहिले आएर खेलेको भीनपा १९ का वडा सदस्य साहेवा रानाले बताउनुभयो ।

युवा पुस्ताहरु माझ रानाथारु परम्परा लोप हुन थाले पछि हामीहरुले फेरी डोला खेल्ने परम्परा सुरु गरेको वडा सदस्य रानाले बताउनुभयो ।

सामुहिक रुपमा खोला छेउमा पुजा गर्दा घासको पुत्ला बनाउने र आफैले घरबाट पकाएको सब्जी, सिम,ै पापड र खिर आदी लगेर चढाउने गरिन्छ । पुजा गरि सके पछि सबै मिलेर खोला छेउमै खाना खाने गर्छन ।

नयाँ पुस्ताले आप्नो पुखै देखि चली आएको परम्परा भुल्दै गएको कारण लोप हुदै गएको भन्दै रानाथारु समुदायका अगुवाहरु चिन्तीत बनेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles