30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कैलालीमा विद्युतमा देखिएको लो भोल्टेज र अनियमित आपुर्तीको समस्या अझै समाधान भएन

धनगढी, साउन ८ गते ।

कैलालीमा विद्युतमा देखिएको लो भोल्टेज र अनियमित आपुर्तीको समस्या अझै समाधान भएको छैन्।

विद्युत प्राधिकरण धनगढी वितराण् केन्द्र र अत्तरीया ग्रिडको लापरवाहीका कारण गर्मी मौसममा उपभोत्ताहरु ले भोल्टेज र अनियमित रुपमा विद्युत कटौती हुने समस्याले हैरान भएका हुन्।

गर्मीका बेला दिनमा मात्रै होईन रातभरी पजि विद्युत आउने र जाने समस्याले उपभोक्ताहरु ह्ैरान भएका छन्।
प्रदेशको अस्थायी राजधानी धनगढीमा यो समस्या झनै बढि देखिएको छ।

पछिल्लो समय दिनमा मात्रै नभईन रातभरी पनि बेला–बेला विद्युत आउने र जाने गरेका स्थानी चक्र कठायतले बताए। विगतमा राती १२ बजेपछि विद्युत जाने समस्या पुर्ण रुपमा निराकरण गरिएको दावी प्राधिकरणले गर्दै आएको थियो।
तर पछिल्लो केहि साता यता भने धनगढीमा अनियमित रुपमा विद्युत कटौतीको समस्या विकराल बन्दै गएको छ।

राती १, २ बजे पनि २, ३ घण्टा सम्मका लागि विद्युत नहुने समस्या देखिएको छ। कहिले त राती एक पटक विद्युत कटौती भए रातभरी नै नहुने समस्या पनि देखिएको छ।
गर्मी बढ्दै गएका बेला भइरहेको आपुर्तीमा अनियमितता मात्रै होईन लो भोल्टेजले समस्याले पनि स्थानीयलाई हैरान बनाएको छ।
विद्युतको बढि आवश्यकता पर्ने साँझ बिहानको समयमा पंखा चल्ने सम्मको समेत भोल्टेज नहुँदा गर्मी मौसममा समस्या भएको हो।

यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको रेडिमेट जवाफ दिने परिपाटी अझै सम्म जारी छ।

धनगढी वितरण केन्द्र सवै समस्या आफ्नो कारणले नभई अत्तरीया ग्रिडका कारण भएको भन्दै पन्छीएको छ।

विद्युत आपुर्तीको प्रणालीमै समस्या भएको धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार

यादवले बताए।
नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रिडका प्रमुख गणेश पाण्डेले फोन उठाउनुभएन भने कार्यालयमा फोन लागेन्।

धनगढी उप–महानगरपालिका भरीनै अव्यवस्थीत रुपमा विद्युतीकरण भएको छ।

हरीया रुखहरुलाई छिचोल्दै विद्युतका नाङगा तार तानीएको छ भने बर्षाै पुराना अव्यवस्थीत रुपमा राखिएका ट्रान्सफर्मरहरुको व्यवस्थापनमा प्राधिकरण उदासीन छ।

जस्ले गर्दा सामान्य हावाहुरी र बर्षा हुँदा पनि धनगढीमा विद्युत आपुर्ती बन्द हुने समस्या बढ्दै गएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles