साउनको पहिलो सोमबारः शिवालयमा भक्तजनको भीड

द्वारा : सुदुर न्युज
0

डोटी. साउन ७ गते ।
नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलले डोटीमा जुलुस निकालेका छन् ।

उनिहरुले जिल्लामा सरकार विरुद्ध प्रदर्शन समेत गरेका छन् । तरुण दलका डोटी अध्यक्ष नारायण बलायरको नेतृत्वमा पिपल्ला बजारमा निस्किएको जुलुसले आज सोमबार प्रशाशन कार्यालय डोटीमा पनि करिब १ घण्टा धर्ना दिएका छन् ।

अनशनरत डाक्टर गोविन्द केसीका जायज माग पुरा गर्न पनि सरकारले चासो नदेखाएको, सरकारले दिनप्रतिदीन महंगी मात्र बढाइरहेको र काठमाण्डौमा तरुण दलले गरेको कार्यक्रममा अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारीहरुलाई प्रहरीले लाठीचार्ज गरि घाइते बनाएको बिरोधमा डोटीमा तरुण दलले विरोध गरेको हो ।

आनदोलनमा उत्रिएका तरुण दलहरुले चिकीत्सा शिक्षा विधेयक संसदमा दर्ता गराउनुपर्ने माग पनि गरेका छन् ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy