35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

त्यत्रो महँगो गाडी किन्ने प्रस्ताव आएको छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो ।’राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ? ‘, सांसद सुवालले भन्नुभयो,’राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ? ‘

त्यसपछि प्रधानमन्त्रीले त्यत्रो महँगो गाडी खरिद गर्ने प्रस्ताव नै नआएको बताउनुभयो । यद्यपि, उहाँले राष्ट्रपतिको सुरक्षा हुने गरी राम्रो गाडी खरिद गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले राष्ट्रपतिको पदीय मर्यादा र सुरक्षामा ध्यान दिनु सरकार र जनताको कर्तव्य पनि रहेको बताउनुभयो ।

उहाँले त्यसअघि विनियोजन विधेयकअन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विविध शीर्षकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले आगामी वर्षको बजेट र सरकारका प्राथमिकताका विषयमा प्रस्टसमेत पार्नुभएको थियो । उहाँले भूकम्पपछिको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर प्राधिकरणले काम गरिरहेको सुनाउँदै पाँच लाखभन्दा बढी लाभग्राहीको विवरण संकलन भएको, कर छली हुन नदिन सरकार प्रतिबद्ध रहेको, सुशासन प्रवद्र्धन, स्थानीय तहमा बजेट वृद्धि, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन प्राथमिकतामा रहेको बताउनुभयो ।

सोमबारै संसद्को दोस्रो बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले पारित भएको घोषणा सभामुख ओनसरी घर्ती मगरले गर्नुभएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles