26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने

काठमाडौं, साउन ४ गते ।
म्याग्दी, हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला राजमार्ग अन्तर्गत गलेश्वर–घाँसा सडकखण्ड रातको समयमा बन्द हुने भएको छ ।

बिहीबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको वैठकले रातको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो ।

वर्षाका कारण बेनी–जोमसोम सडकको विभिन्न स्थानमा सडक माथिबाट पहिरो खस्ने, सडक भासिँदा हुने सम्भावित दुर्घटनाबाट मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गरी अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीलाई रातको समयमा दुईतर्फी रुपमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार यही साउन ५ गतेदेखि लागू हुनेगरी आउँदो ३१ गतेसम्म रातीको समयमा सडक बन्द गरिनेछ ।

बेनीदेखि गलेश्वर हुँदै जोमसोमतर्फ जाने सवारीलाई साँझ साढे ५ बजेदेखि बिहान ५ बजेसम्म र जोमसोमबाट घाँसा भएर बेनी आउने सवासाउन ४ गतेरीलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।

अहिले बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न ठाउँमा सडक विस्तारको काम भैरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles