29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

जाजरकोट खलंगामा सिसी टिभी

जाजरकोट, साउन ४ गते ।

सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो ।

खलंगा बजार सिसी टिभीको निगरानीमा रहने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

सदरमुकामको तल्लो थाप्ले, ठाँटीबजार, गैरीखाली, शान्ति चौतारा लगायतका क्षेत्रमा सिसी क्यामरा जडान गरिएको भेरी नगरपलिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

सदरमुकामभित्र दैनिक चोरी डकैती, झै–झगडा, विकृति बढ्न थालेपछि सिसी क्यामरा जडानको काम गरेको प्रमुख घर्तीले बताउनुभयो ।

नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा सिसी क्यामरा जोडिएको उहाँको भनाइ छ ।

सिसी क्यामरा जडानपछि खलंगामा हुने विभिन्न अपराध, चोरी, डकैती, झैझगडा, शान्ति सुरक्षा भंग गर्नेलगायत गतिविधिमा कमी आउने प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंहले बताउनुभयो ।

यसैबीच जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगाभित्र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न निश्चित स्थान तोकेको छ ।

समितिले तल्लो थाप्ले, ठाँटीबजार र गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने गरी स्थान तोकेको हो । तोकेका स्थानबाहेक अन्य स्थानमा आमसभा, हडताल, प्रदर्शन, जुलुसलगायत कार्यक्रम गर्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं ३० अनुसार उक्त निर्णय गरेको प्रजिअ बस्नेतले जनाउनुभयो  ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles