33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

नहर बगाएपछि लघु जलविद्युत् बन्द

जाजरकोट, साउन ४ गते ।

रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।

अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २०० घरधुरीले प्रयोग गर्दै आइरहेका थिए ।

विद्युत् आपूर्ति सेवा बन्द भएसँगै वडा नं ७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नं ८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नम्बर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

आर्थिक अभावले खहरे खोलाले बगाएको विद्युत् कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष इन्द्रलाल शर्माले बताउनुभयो । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles