24.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

दुुर्घटनामा ५८ विद्यार्थी घाइते

भक्तपुर, साउन ३ गते ।

काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles