41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

प्रदेश ७ मा सडक दुर्घटना बढ्दो क्रममा

धनगढी, साउन ३ गते ।

प्रदेश ७ मा सडक दुर्घटना बढ्दो क्रममा रहेको पाईएको  छ ।

पछिल्लो २ बर्षको तथ्याङक हेर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङख्या बढेको छ  ।आर्थिक बर्ष २०७३÷०७४ मा सवारी दुर्घटनामा परि १ सय २१ जनाको ज्यान गएको थियो भने २०७४-०७५ मा त्यो सङख्या बढेर १ सय ६६ पुगेको छ ।जसमा १७ जना बालबालीका रहेको र  दुर्घटनामा परि साढे ४  सय घाईते भएको प्र्रदेश ट्रफिक प्रहरी कार्यलयल अत्तरीयाका प्रमुख तथा प्रहरी उपरीक्षक योग बहादुर पालले जानकारी दिए ।

गत आर्थिक बर्षमा १ सय ६६ जनाले ज्यान गुमाएकोमा सबैभन्दा बढी कैलाली जिल्लामा मात्रै सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या ७० छ ।

गत आर्थिक वर्ष कैलालीमा सबै भन्दा बढी कार्तिकमा सडक दुर्घटनामा परी  १० जनाले ज्यान गुमाएको  जिल्ला ट्रफिक प्रहरी कार्यलय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक अनिल कुमार उप्रतले जनाए ।प्रदेशभरी नियम बिपरीत सवारी चलाए बाफत आर्थिक वर्ष २०७४-०७५ मा ३ करोड ३० लाख ७४ हजार ५ सय राजश्व संकलन भएको छ ।

२०७३-०७४ मा भने २ करोड ७५ लाख १३ हजार राजश्व संकलन भएको थियो ।कैलाली जिल्लामा मात्रै १ करोड ३८ लाख ७१ हजार राजश्व संकलन भएको छ भने २३ हजार ६ सय ३८ सवारी साधन कारबाहीमा परेका छन् ।

पहाडी जिल्लाहरुमा मापदण्ड बिपरित सडक निर्माण भएकाले र तराईका जिल्लामा टिप्पर लगायतका ठुला सवारी साधनका चालकहरुको लापरवाहीले दुर्घटना बढेको टाफीक प्रहरीको ठहर छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles