27 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

डडेल्धुरा, साउन ३ गते ।

पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो ।

पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ ।

आव २०७४÷०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन गरिएकाले करीब रु १२ लाख बराबरको बजेटमा पाँचवटा डुंगा खरीद गरी आलिताल पु¥याइएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जनाउनुभयो ।

अहिले पहिलोपटक डुंगा खरीद गरी ल्याइएको बताउँदै उहाँले अब यसको व्यवस्थापनमा जुटेको बताउनुभयो ।

प्रदेश नं ७ को पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो ताल डडेल्धुराको आलितालमा पहिलोपटक डुंगा सञ्चालन गरिएको हो ।

आलिताल गाउँपालिकाको भित्रिमधेश क्षेत्र गोदामबजार नजिकै रहेको आलितालमा पहिलो पटक डुंगा सञ्चालन गरिएको हो ।

तालमा डुंगा सञ्चालन गरिएसँगै आलिताल पर्यटकको पर्खाइमा रहेको छ ।

तालको अवलोकनका लागि नै भनेर बाह्य पर्यटक आलितालसम्म नपुगे पनि भित्रिमधेश आलिताल, जोगबुढा क्षेत्रमा पुग्ने जो कोही पनि आलिताल मै पुग्ने गरेको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

सदरमुकामबाट झण्डै ८० किलोमिटर पश्चिममा डोटी जिल्लाको बुडर नजिकै रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी रहेको छ । कञ्चनपुरको बेदकोट भएर करीब ५० किलोमिटरको कच्ची सडक भएर आलिताल पुग्न सकिन्छ ।

मध्यमखालको तापमान हुने आलिताल क्षेत्रमा तालले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउन गाउँपालिकाले अहिले प्रयास थालेको जनाइएको छ ।

गाउँपालिकाले पहिलो वर्ष करीब रु ६० लाखको लागतमा आलितालसम्मको पर्यटक सडकको स्तरोन्नति गरेसँगै तालको चारैतिर करीब एक हजार ३०० मिटरभन्दा बढी पैदल मार्ग निर्माण गरेको छ ।

तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घर स्थापना गरिएका छन् ।

ताल क्षेत्रमा वनभोजका लागि भान्साघर लगायतका तालको पानी निकास हुने ठाउँमा व्यवस्थित रुपमा निकासका लागि नाली निर्माण गरिएको ताल संरक्षण समितिका अध्यक्ष हीरालाल थापाले बताउनुभयो ।

गाउँपालिकाले यस वर्ष आलितालको गुरुयोजना निर्माण गरी पर्यटन क्षेत्रका रुपमा विकास गर्न गाउँपालिकाले म्याचिङ फन्डका रुपमा बजेट छुट्याई राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय ताल विकास समिति, केन्द्र सरकार, प्रदेश सरकारसँग सहकार्य गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

तालको किनारतिर सालका ठूलाठूला रुख ढलेकाले पहिलो चरणमा उक्त रुख हटाई ताल सरसफाइ गरिने जनाइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles