26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

गोविन्द केसीलाई आजै काठमाडौँ ल्याउने तयारी, शिक्षामन्त्रीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, साउन ३ गते ।

जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौँ ल्याउने भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर बुधबार अबेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् ।

केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आजै नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय भएको छ ।

यही विषयमा जानकारी दिन अहिले बिहान ८ बजे शिक्षमन्त्री गिरीराजमणि पोखरेलले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles