28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि

नेपालगन्ज : बाँकेको कोहलपुरमा एक व्यक्तिले श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमती टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत तीनछक परे ।

अफतावले राति साढे ९ बजेतिर घरभन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । ‘घरबाट तीन किलोमिटर टाढा बाटोमा लागेर हत्या गरेको पाइयो ।’ उहाँले भन्नुभयो
प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुग्दा फलसुनको लास भएको स्थानमा उनकी ५/६ महिनाकी छोरी छटपटाइरहेको पाइएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाउँ, भनेर जेठी श्रीमतीको हत्या गरेका हुन् । अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो  ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles