28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

नुवाकोटः पहिरोले सुर्यगढीको चोगतेमा एक घर पुरियो

नुवाकोट, साउन ३ गते ।

लगातारको अविरल वर्षाको कारण बुधबार राती नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं ३ चोगतेमा पहिरोले एक घर पुरएको छ भने ५० लाख बराबरको क्षति भएको छ ।

पहिरोले चोगतेबजारका नवराज श्रेष्ठको घर पुरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले विदुरखबरलाई बताउनुभयो । पहिरोले घर पुर्रदा ४ जना घाइते भएका छन ।

घाइते हुनेमा घरधनि नवराज श्रेष्ठ, उनकी श्रीमति, छोरा र छोरी रहेको प्रहरी प्रमुख कुवरे जानकारी दिनुभयो ।

कुवरले श्रेष्ठको घरको अवस्था कच्ची रहेको र माथिबाट पहिरो आएर घर पुरिएको बताउनुभयो । घाइतेहरुको अहिले नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यmय नुवाकोटले जनाएको छ ।

पहिरोले घर पुरिँदा श्रेष्ठको घरमा पालेको १३ वटा बाख्रा र ३५ वटा कुखुरासहित करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

श्रेष्ठको घरमा किराना पसल रहेको र अझै क्षतिको एकिन विवरण आउन समय लाग्ने बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवँरले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles