42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु

धनगढी, साउन २ गते ।

न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ ।

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो ।

झण्डै रु एक अर्ब ५० करोडको लगानीमा नमूना शहर निर्माण गर्नेबारे अध्ययन थालेको न्यू आइटी भेञ्चरका कार्यकारी अधिकृत कमल अधिकारीले बताउनुभयो ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा शेयर बिक्री गरेर यो योजना निर्माणका लागि अध्ययन शुरु गरिएको हो । झण्डै दुई बिगाह क्षेत्रफलको जग्गा आवश्यक पर्ने यो ‘मोडेल टाउन’मा नौतले र साततलेका दुई भवन निर्माण गरिने लक्ष्य छ ।

नौतलेको माथि निर्माण गरिने भ्यू टावरबाट धनगढी शहरको अवलोकन गर्न सहज हुने बताइएको छ ।

‘मोडेल टाउन’का भवनमा व्यापारिक स्टल, कर्पोरेट अफिस, फिट्नेश सेन्टर, तालीम कक्ष, आविष्कार केन्द्रलगायत कक्ष रहने बताउँदै अधिकारीले भन्नुभयो, “यो योजनामा प्रदेश नं ७ का गैरआवासीय व्यक्तिलाई पनि समेट्ने योजना छ ।”

अध्ययनको क्रममा धनगढी उपमहानगरपालिकाको स्मार्ट सिटीका पदाधिकारी र न्यू आइटी भेञ्चरका प्रतिनिधिबीच छलफल गरिएको छ ।

न्यू आइटी भेञ्चर, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्टलगायतका व्यक्तिको कम्पनी हो ।

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत ‘मोडेल टाउन’ निर्माण गर्नेबारे छलफल भएको र यो योजना निर्माण हुनसकेमा भारतीय ग्राहक आकर्षित हुने भई व्यापारिक क्रियाकलाप बढ्ने उपमहानगरपालिकाका प्रमुख वडले बताउनुभयो । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles