36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

डा.केसीको स्वास्थ्यमा गडबडी, वार्ता असफल

काठमाडौ, साउन २ गते ।
चिकित्सा शिक्षाको सुधारका लागि विगत १८ दिन देखि सत्याग्रहमा रहनुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था विगत २४ घण्टामा व्यापक गडबडी भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा.केसीको मुटुको चाल, स्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको उपचारमा संलग्न डा.पुजन रोकाया, डा. सिद्धार्थ खाती र डा.धिरज गुरुङले साउन १ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार रगतमा अक्सिजनको मात्रा निरन्तर कमी रहेकाले डा.केसीलाई लगातार अक्सिजन दिईरहेको छ । बिहानीपख अचानक स्याचुरेसन घटेर ७० को हाराहारीमा पुगेपछि अक्सिजनको मात्रा बढाईएको छ ।

चौथर्फी रुपमा डा.केसीको जीवन रक्षाको माग राख्दै सरकारलाई दबाब सृजना भएपछि अनसन बसेको १७औं दिनमा गठन गरेको बार्ताटोली केपी ओली सरकारको झारा टार्ने र अनसनलाई बीचैमा निस्कृय बनाउने खेल भएको डा.केसीका तर्फबाट वार्तामा जुटेका प्रतिनिधिहरुको धारणा रहेको छ ।

डा केसी पक्षबाट वार्ताटोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले सरकारी वार्ता टोलीले डा केसीलाई ‘सत्याग्रही’ नभइ ‘बिरामी’ का रुपमा लिएको बताउनुभयोे ।

सरकारका तर्फबाट ‘वार्ता टोलीमा सहभागी प्रतिनिधिले डा.केसीको रेस्क्यु र उपचारका विषयमा मात्रै आफूहरुलाई कुरा गर्ने अधिकार भएको र बाँकी बिषय राजनीतिक भएकाले आफूसँग ‘म्यान्डेट’ नरहेको बताउनुभयो ।’

अर्याल भन्नुहुन्छ– ‘सरकारी टोलीबाट यस्तो भनाई आएपछि वार्ता स्थलबाट हामी बाहिरिनुको विकल्प नभएको बताउनुभयो ।

सरकार डा केसीका माग र स्वास्थ्य प्रति गम्भीर नभएको डा केसी समर्थकले बुझेका छन् ।

सरकारका तर्फबाट वार्ता टोली गठन गरेको देखाएर आन्दोलन कमजोर बनाउने रणनीति लिएको हाम्रो ठहर छ ।’

डा केसीसँग वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए ।

त्यसैगरी डा केसीका तर्फबाट डा अभिषेक सिंह,वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles