26.8 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

डोटीको विपिनगरमा प्रहरी नै काठ तस्करीमा संग्लन

 धनगढी, साउन ०२ गते ।

रक्षा कायम गर्नका लागि खटाईएका प्रहरी काठ तस्करीमा व्यस्त हुन थालेपछि स्थानीय वासिन्दाले काठ सहित समातेका छन् ।

ईलाका प्रहरी कार्यालय विपीनगरका प्रमुख प्रहरी निरीक्षक नृपवहादुर वोहोरालाई स्थानीयले प्रहरी पोशाकमै काठ तस्करी गरिरहेको वेला समातेका हुन् ।

कैलालीको चुरे गाँउपालिका वडा नम्बर २ बाट हरियो सिसमको काठ तस्करी गरेर विपिनगर पु¥याउने अवस्थामा स्थानीयले प्रहरी सक्रिय भएको भेटाएका हुन् । शान्ति सुरक्षा कायम गर्दै गैरकानुनी काम रोक्नुको सट्टा प्रहरीहरु संरक्षण दिदै आफै तस्करीमा सक्रिय भएका हुन् ।

लामो समयदेखि ईलाका प्रहरी कार्यालयका प्रमुख नृपवहादुर वोहोराले हरिया काठ तस्करी गरिरहेको खवर आएकोमा सोमवार राति स्थानीय वासिन्दाहरुले वन अधिकारी सहितलाई लगेर प्रहरी पोशकमा तस्करी गरिरहेको अवस्थामा समातेका हुन् ।
६ गोलीया काठ तस्करी गरिरहेका प्रहरी निरीक्षक वोहोरालाई ५४ क्युफिट सिसमको काठ र ढुवानी गर्ने ट्याक्टर समातिएको छ ।

स्थानीयले खवर गरेपछि ईकाल वन कार्यालय लानाकेदारेश्वरको टिम पनि सो स्थानमा पुगेको थियो । कैलालीको चुरे गाँउपालिका वडा नम्बर २ केदार सामुदायिक वनबाट सिसमको काठ प्रहरी निरीक्षक वोहोराकै नेतृत्वमा तस्करी भएको स्थानीयको आरोप छ ।

तर आफुलाई समातेको भन्दै वोहोराले स्थानीय वासिन्दालाई हातापात र दुव्यवहार समेत गरेको डोटीको बड्डी केदार गाँउपालिका वडा नम्वर १ का अध्यक्ष डवल वोहोराले बताए ।

स्थानीय वासिन्दाले काठ समातेको वनका कर्मचारीहरुले पनि वताएका छन् ।

प्रहरी निरीक्षक वोहोरा काँचा काठ सहित स्थानीय वासिन्दावाट समातिएपछि उनलाई वनले त्यसका वारेमा स्पष्टीकरण सोधेको छ ।

प्रहरी पोशाकमै काठ तस्करी गरिरहेको ईलाका वन कार्यालय लानाकेदारेश्वरका एक अधिकारीले बताए ।

तर ईलाका प्रहरी कार्यालय विपीनगरका प्रमुख नृप वोहोरा भने यो कुरा स्वीकार गर्दैनन् ।

स्थानीय वासिन्दाले आफुलाई वदनाम गर्न खोजेको र फोटो पनि स्क्यानीङ गरेको आरोप लगाए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles