40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

होटलको फोहोर सिधै नालामा, महानगरको वातावरण दुर्गन्धित

विराटनगर, साउन १ गते ।
होटल व्यवसायीहरुले फोहोर पानी सिधै नालामा मिसाउँदा विराटनगर महानगरपालिकाका मुख्य सडक आसपासको वातावरण दुर्गन्धित भएको छ । फितलो अनुगमन र न्युन जरिवानाका कारण शौचालयको फोहोरदेखि होटलमा बिसर्जित प्रदूषित पानी सार्वजनिक नालामा मिसाउँदा वातावरण दुर्गन्धित भएको हो ।

सर्वसाधारणको गुनासो आएपछि विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्की नेतृत्वमा गएको अनुगमन टोलीले जलजलाचोक पश्चिमतर्फ रहेको शनिमन्दिर रोडको उत्तरतर्फका नालाहरुको स्ल्याब हटाउन लगायो ।

नालाका स्ल्याबहरु हटाउने बित्तिकै वातावरणमा दुर्गन्ध फैलियो । कारण थियो सडकको पुर्वतर्फ रहेको युनिक मिठाइ पसलबाट बिसर्जित भएको प्रदूषणयुक्त पानी । जुन पानी प्रशोधन नगरी सिधै नालामा मिसाइएको थियो ।

बिशेष गरी मिठाईको कारोबार गर्ने सो होटलले दैनिक ठूलो परिमाणमा मिठाइ उत्पादन गर्ने गरेको छ ।

सो क्रममा हजारौं लिटर दूध प्रशोधन गर्ने तथा त्यसबाट बिसर्जित पानी सिधै सार्वजनिक नालामा मिसाउने गरेको पाइएको छ । सधैंभरि जाम रहने नालामा बिसर्जित प्रदूषित पानी मिसाउँदा सडकमै फोहोर पानी छताछुल्ल हुने गरेको छ ।

जसका कारण वातावरणमा दुर्गन्ध फैलिनुका साथै मच्छडको संख्यामा पनि वृद्धि हुने गरेको स्थानीयले बताएका छन ।

सर्वसाधारणले महानगरपालिकामा लिखित उजुरी दिएपछि पुगेको महानगर उपप्रमुखसहित फोहोर संकलक साझेदार, महानगरीय प्रहरी र सफाई कर्मचारीहरुले नालाका सम्पूर्ण स्ल्याबहरु हटाएर नालामा जमेको दुर्गन्धित लेउ हटाएको छ ।

सो क्रममा आसपासका अन्य होटल र पसलसहित युनिक मिठाइ पसलले नालामा दुर्गन्धित पानी मिसाएको खुलासा भएको थियो । नालामा दुर्गन्धित पानी मिसाउने सम्बन्धित पक्षलाई कारवाही गरिने जनप्रतिनिधिहरुको भनाइ छ ।

सार्वजनिक नालामा शौचालयको ढल र प्रदूषित पानी बगाउने परिपाटी विराटनगरका लागि नौलो होइन ।

यसअघि जैन भवनले यसैप्रकारले प्रदूषित र दुर्गन्धित पानी नालामा बगाउने गर्दा सातघुम्ती रोडका बासिन्दा रोगब्याधीले ग्रस्त भएका थिए । यस्तै केही साताअघि मात्र न्युरो अस्पतालले शौचायलको फोहोर सिधै नालामा मिसाएको खुलासा भएको थियो ।

फितलो अनुगमन र न्यून जरिवानाका कारण विराटनगर क्षेत्रमा यसप्रकारको घटना बारम्बार हुने गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles