35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

डा. केसीको अवस्था नाजुक

काठमाडौं, साउन १ गते ।

  १८ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

शनिबारदेखि नै उनको मुटुको चालमा उतारचढाव देखिएको छ ।
उनको मुटुको चाल निकै बढेकाले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
डा. केसीको घाँटीमा पनि संक्रमण देखिएको छ ।

नशाको संक्रमणका कारण उनको हात पनि सुन्निएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका १७ दिनपछिमात्रै पहल सुरु गरेको छ ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारले वार्ता समिति बनाएको छ भने डा. केसीका पक्षबाट पहिले नै वार्ता समिति बनाइएको थियो ।

सोमबार रातिसम्म सिंहदरबारमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना विषय अघि सारेका थिए ।
सरकारी पक्षले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए ।
“डा. केसीले विधेयक फिर्ता नभएसम्म काठमाडौं नआउने र उपचार पनि नगराउने भन्नुभएको छ,” वार्तामा सहभागी कानुनविद् ओमप्रकाश अर्यालले भने, “विधेयक सदनमा पुगिसकेको अवस्थामा सचिवज्युले मन्त्रीमार्फत प्रधानमन्त्रीसँग छलफल गरेर आज फेरि वार्तामा बस्दैछौं ।”
संसद्मा प्रवेश गरिसकेको विधेयक फिर्ता लिन समस्या हुने भए तत्कालका लागि स्थगित गरेर केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आज फेरि वार्ता हुँदैछ ।
डा. केसीको उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई छाती दुख्ने, सास फेर्न समस्या भएको छ भने कमजोरीका कारण चक्कर लागिरहेको छ । त्यसैले पनि उनलाई काठमाडौं ल्याएर उपचार गराउनुपर्ने अवस्था देखिएको छ ।
वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने लगायतका समस्या पनि उनमा देखिएको छ ।

सेतो रक्तकोशिका क्रमिक रुपमा घट्दै गएको छ भने मुटुको चाल तलमाथि भैरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles