28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सरकार विरुद्ध धर्ना बसेका २५ जना पक्राउ

काठमाडौं, असार ३२ ।

सरकारले पछिल्लो समय नागरिक स्वतन्त्रताको विपरित हुने गरी निर्णय गरेको र स्वेच्छाचारी गतिविधि गरेको भन्दै धर्नामा बसेका कृष्ण पहाडीसहित २५ जना पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ गरेकामा चार महिला पनि छन् ।

मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको आन्दोलनका क्रममा सोमबार संसद भवन बाहिर धर्ना प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले धर्ना लगायतका बिरोध प्रदर्शनका कार्यक्रम गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles