26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बालविवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता

लमजुङ, असार ३२ गते ।
लमजुङमा नगर र पाउँपालिकाका तीन वडाका बालबालिकाको संयुक्त भेलाद्वारा बालविवाह नगर्ने र गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । आरसिडिसी, लमजुङको सहजीकरणका उक्त कार्यक्रम भएको हो ।

बेसीशहर नगरपालिका– १ को उदीपुर, सोही नगरपाकिला– ६ चण्डिस्थान र क्ब्होलासोथार– १ बागलुङपानीका बालबालिकाहरूले जिल्ला सदरमुकाममा एक विशेष कार्यक्रमको आयोजना गरी आ– आफ्नो घोषणापत्रका साथ उनीहरूले बालविवाह नगर्ने र गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रम हुनु अघि झण्डै एक सयको हाराहारी संख्यामा भेला भएका बालबालिकाहरूले बाल हक र अधिकार झल्कने विभिन्न नारा अंकित प्लेकार्ड बोकेर बेसीशहर बजार परिक्रमा गरेका थिए ।

‘सानै छु म, ठूलै छ इच्छा बाल विबाह हैन पढ्ने छ इन्छा’, बाल विवाह रोकौँ, सानै छु म बढ्न देउ, बाल विवाह हैन पढ्ने देउ जस्ता नारा प्लेकार्डमा अंकित गरीएको थियो ।

उनीहरूले मनाङे चौताराबाट सुरु भएको सो ¥याली पुरानो बैँकचोक, त्रिवेणी टोल, भीमसेनस्थान चोक, नारायणस्थान चोक हुँदै सेरा बजार परिक्रमा गरी फर्किएको आरसिडीसीका तालिम संयोजक रेणुका बोहोराले बताउनु भयो ।

उहाँका लागि बालसचेतनाका क्षेत्रमा यो एक उपलब्धीपूर्ण काम भएको छ ।

लमजुङ जिल्लामा पछिल्ला वर्षमा अभिभावकले भन्दा पनि बालबालिका आफैले १३– १५ वर्षको स्कूले उमेरमै आफू खुसी विवाह गर्ने गरेको स्थितिलाई रोक्नका लागि यो उपयुक्त र प्रभावकारी कार्यक्रम हुने देखिएको कार्यक्रममा सहभागी हुन आउनु भएकी लमजुङ रत्न साप्ताहिककीले समाचार प्रमुख सुधा ढकालले बताउनु भयो ।

भेलामा सहभागी हुन आएका बालबालिकाहरू आफैले आ– आफ्नो वडाको घोषणापत्र तयार गरी घोषणा गरेका थिए ।

सो अवसरमा बेसीशहर– १ ले ५ बुँदे, बेसीशहर– ६ ले १० बुँदे र क्ब्होलासोथर गाउँपालिका– १ ले ९ बुँदे घोषणा पत्र जारी गरेका छन् ।

ती घोषण पत्रमा बाल मैत्री वडा घोषणा गर्ने, बालविवाह मुक्त वडा घोषणा गर्ने, स्थानीय तहको १० प्रतिशत बजेट प्रत्यक्ष बालहितमा उपयोग गर्नुपर्ने, बाल संरक्षण रणनीति र कार्यक्रम तयार गर्ने, बालअधिकार तथा जीवन उपयोगी तालिम दिनु पर्ने विषय समेटिएको छ ।

ती घोषणा पत्रका अन्य बुँदाहरूमा घर, समाज र विद्यालयमा बालदुव्र्यवहार हुन नदिने, नियमित पढाउने र शिक्षामा लगानी गर्न उत्प्रेरित गर्ने, अशक्त र गरीबीका कारण स्कूल जान नसक्नेलाई उचित वातावरण निर्माण गर्ने, बालविवाह गर्न हुँदैन भनेर सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, बालविवाह गरेको खण्डमा एक वर्ष कैद र १ हजार रुपैयाँ जरिवाना गर्ने आदि रहेछन् ।

यसैगरी, लैङ्गिक विभेद मुक्त वडा घोषणा गर्ने, विद्यालयस्तरका अतिरिक्त क्रियाकलापमा पहिला, दोस्रा हुनेलाई माथिल्लो तहको प्रतियोगितामा भाग लिने वातावरण तयार गर्ने, विद्यालयमा शैक्षिक, खेलकुद र विज्ञानका सामग्री उपलब्ध हुनुपर्ने र यस्ता बालभेला कम्तिमा वर्षको एक पटक आयोजना गर्ने उल्लेख गरीएको छ ।

समापन कार्यक्रममा बेसीशहर नगरपालिकाका उपमेयर लक्ष्मीदेवी अधिकारीले यस प्रकारको बालभेला नगरपालिकाका बाँकी ९ वटा वडामा पनि सञ्चालन गरी नगरपालिकालाई बालविवाह मुक्ता नगरपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा बालबालिकाहरूलाई वल्डभिजनका पैरवी विशेषज्ञ सुनिल हाकाजु श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles