23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

वर्षात्सँगै राप्ती लोकमार्गको बिजोग

नरेन्द्र केसी, घोराही, दाङ, असार ३२ गते ।
सडक कालोपत्रेसँगै केही बर्ष बर्षायाममा पनि आवागमन सुचारु हुँदै आएको दाङ–सल्यान–रुकुमको राप्ती लोकमार्गमा यो बर्ष भने समस्या देखिएको छ । सडक विभागले समयमै मर्मत नगर्दा समस्या देखिएको हो ।

लोकमार्गको सल्यान बांगेलाकुरीदेखि रुकुम बैरागीठाँटीसम्मको सडकखण्डको ठाउँठाउँमा समस्या देखिएको छ । सबैभन्दा ठूलो समस्या खौला–झुल्नेता खण्डमा देखिएको छ ।

लामो समयदेखि यो खण्डको दुई सय मिटर जति सडक तल भासिएपछि सडक विभागले मर्मत नगर्दा समस्या देखिएको स्थानीयले बताएका छन् ।

‘यो सडक बिग्रेको दुइ बर्ष पुग्न थाल्यो तर सडक विभागले मर्मत गरेको छैन’– रुकुम पेउघाका पदमबहादुर बस्नेतले भन्नुभयो– ‘सडक निकै तल खसेको छ, यही सडकबाट कयौंपटक मन्त्री, सांसद र उच्चस्तरका सरकारी कर्मचारी कष्ट सहँदै हिडेका छन् तर मर्मतमा कसैको ध्यान गएन ।’

लोड भरिएका गाडीलाई स्काभेटरको सहायताले वारपार गराउने गरिएको छ । जसका लागि अनावश्यकरुपमा गाडीधनीले दुइ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको नेपालगञ्जका होमराज खड्काले गुनासो गर्नुभयो ।

यो खण्डमा सामान्य मर्मत भन्दा पनि पुनर्निर्माण नै गर्नुपर्ने देखिएको छ ।

अरु बेलामा पनि लोडसहितका गाडी आवतजावत गर्न समस्या हुने यो सडक बर्षातसँगै पूर्णरुपमा प्रभावित भएको छ । बेलैमा स्तरीय मर्मत वा पुननिर्माण नभए यो बर्ष दाङ–रुकुमको सडकसम्पर्कविच्छेद हुने खतरा देखिएको छ ।

यो रुकुमको त्रिवेणाी गाउँपालिकामा पर्दछ

त्यस्तै रुकुमको त्रिवेणी गाउँपालिकाकै पितिवाङमा पनि निकै समस्या देखिएको छ ।

सिम्रुतु–बैरागीठाँटी खण्डको पितिवाङमा नियमित पहिरो आउने गरे पनि त्यसलाई हटाउने संयन्त्र नहुने दैनिक चार घण्टासम्म सडक अवरुद्ध हुने गरेको रुकुम खलंगाका अनुपम खड्काले जानकारी दिनुभयो ।

‘पहिरो झर्न थालेको धेरै समय भयो तर सडक विभागबाट यसको रोकमाथका लागि पर्खाल लगाउनेलगायतका काम हुन सकेको छैन’– उहाँले भन्नुभयो– ‘स्थायी समाधान नहुँदासम्म बर्षातभरि एउटा डोजर तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ, अन्यथा यो बर्ष आवागमन बन्द हुनसक्छ ।’

त्यस्तै बांगेलाकुरी–खौलाखण्डको सीमाभन्दा केही माथिको सडकमा पनि समस्या देखिएको छ ।

यो सल्यानको बागचौर नगरपालिकामा पर्दछ । सडक विभागले समयमै मर्मत नगर्दा यो ठाउँमा समस्या देखिएको दार्मा २ सल्यानका तिराम केसीले जानकारी दिनुभयो ।

यसरी तीन ठाउँको सडकमा समस्या देखिदा गाडी सञ्चालनमा निकै समस्या देखिएको छ ।

 

यो सडकमा दैनिक सयभन्दा बढी गाडी सञ्चालन हुने भए पनि सडक मर्मत नहुँदा घण्टौं जाम हुने गरेको नेपालगञ्जका हाइस गाडी चालक बिक्रम शर्माले गुनासो गर्नुभयो ।

‘कालोपत्रे भएको केही बर्ष निकै राम्रोसँग गाडी चल्न थालेको थियो तर नियमित मर्मत नहुँदा यो रुटको यातायात पुरानै अवस्थामा पुग्ने खतरा बढेको छ’– उहाँले भन्नुभयो ।

सडक कालोपत्रे नहुँदासम्म बर्षातमा यो सडकको यात्रा निकै कष्टकर हुने गरेको भए पनि कालोपत्रेपछि आवागमन सहज बनेको थियो ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles