29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

कैलालीमा वर्षेनी करोडौँ खर्च गरी वृक्षारोपण तर उपलब्धी शुन्य

जनक विष्ट, धनगढी असार ३२ ।

कैलालीमा वर्षेनी सञ्चालन हुदै आएको वृक्षारोपण कार्यक्रम परिणाममुखी नहुदा उपलब्धी विहीन भएको छ।

जिल्ला वन कार्यालय कैलालीले लाखौँ बजेट खर्च गरेर वर्षेनी विरुवा खरिद, संरक्षण र वृक्षारोपण गर्दै आएपनि त्यसको प्रभावकारीता नदेखिएको हो। आर्थिक वर्ष २०६८÷६९ देखि आर्थिक वर्ष २०७४÷७५ सम्म आईपुग्दा जिल्ला वन कार्यालयले विरुवा खरिद, उत्पादन र वृक्षारोपणमा झन्डै २ करोड ६३ लाख बजेट खर्च गरी जिल्लाभर ३४ लाख भन्दा बढि विरुवा रोपिएको जनाएको छ।

तर रोपिएका विरुवा मध्ये कति विरुवा संरक्षण गरेर उम्रिएका छन भन्ने तथ्याङ्क भने वन कार्यालयसँग छैन्।

जिल्ला वन कार्यालयका रेन्जर रामअवतार चौधरीले ७ वर्षमा जिल्लाभर ३४ लाख २ हजार २ सय ९५ विरुवा रोपिएको बताए। तर उम्रिएका विरुवाको तथ्याङ्क भने कार्यालयसँग नभएको उनले बताए। वृक्षारोपण कार्यक्रमको औपचारिकता पूरा गर्ने तर त्यसको उपलब्धीलाई ख्याल नगरिदा वृक्षारोपणमा सरकारको लगानी वालुवामा पानी जस्तै भएको छ।

वन कार्यालयले सामुदायिक वन, स्थानीय उपभोक्ता र विभिन्न संघसंस्थालाई निःशुल्क विरुवा दिएर रोप्दै आएको छ।

तर विरुवा संरक्षणमा न सामुदायिक वनले ध्यान दिन सकेको छ न त संघसंस्थाले नै। नीजि क्षेत्रबाट यति एयरलाइन्स र रैका टुर एण्ड ट्राभल्सले पनि बितेको ५ वर्षमा विभिन्न समयमा कैलाली सहित प्रदेश ७ का विभिन्न स्थानमा वृक्षा रोपण कार्यक्रम सञ्चालन गरेको थियो।

तर रोपिएका विरुवा हुर्किए की मरे भन्ने जानकारी सो ट्राभल्सँग पनि छैन्।

रैका टुर एण्ड ट्राभल्सका सञ्चालक अमर शाहीले ५ वर्षको अवधीमा ६० हजार विरुवा रोपिएका जनाउदै त्यसको ५० प्रतिशत विरुवा बचेको हुनसक्ने बताए।

ग्रीन क्लिन धनगढी नामक संस्थाले पनि विभिन्न समयमा गरेर ८ वर्षको अवधिमा ६० हजारभन्दा बढी विरुवा रोपिसकेको छ। तर उसँग पनि संरक्षण र उम्रिएका विरुवाको कुनै तथ्याङक नै छैन्।

जिल्ला वन कार्यालयले उपभोक्तालाई विरुवा वितरण गर्ने तर प्राविधिक पक्षमा कुनै जानकारी नदिने परिपाटीका कारण पनि विरुवा जोगाउन नसकिएको स्वयम उपभोक्ताहरु बताउँछन्।

गत वर्ष २५ विरुवा लगेका धनगढी उपमहानगरपालिका १२ को मनहेरा शिविरका स्थानीय सीताराम माझीले प्राविधिक ज्ञानको अभावमा ५ विरुवा मात्र बचाउन सकिएको बताए।

जिल्ला वन कार्यालय र विभिन्न संघसंस्थाले दीर्घकालीन प्रभावलाई मध्यनजगर नगरी औपचारिकता पूरा गर्न मात्र विरुवा रोप्ने, त्यसपछि त्यसतर्फ ध्यान नदिदा वृक्षारोपण कार्यक्रमले वनजंगलको क्षेत्रफल बढाउन र पर्यावरण संरक्षणमा कुनै टेवा पु¥याएको देखिदैन् भने उपभोक्तालाई काठ दाउरा र फलफूलमा समेत आत्मानिर्भर बनाउन सकेको छैन्।

तर जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत नवराज काफ्लेले गतविगतका कमीकमजोरीलाई सुधार गर्दै अगामी दिनमा वृक्षारोपणको प्रभावकारीतामा ध्यान दिईने बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles