26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

जडिबुटीको हव बन्दै दार्चुला

नरेन्द्र कार्की, दार्चुला असार ३२।

जडिबुटीको लागि प्रख्यात दार्चुलाबाट बार्षिक २ लाख क्वीन्टल जडिबुटी निर्यात हुने गरेको छ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला वन कार्यालयबाट सो परिणाममा जडिबुटी निर्यात हुने गरेको हो। जिल्लामा बहुमूल्य जडिबुटी अपि नाम्पा संरक्षण क्षेत्रबाट निकासी हुने गरेको छ।

जिल्लामा अपि नाम्पा संरक्षण क्षेत्र साविकका २१ वटा उत्तरी गाविस मिलेर बनेको छ। उत्तरी क्षेत्रका सबै साविकका गाविस जोडिएर संरक्षण क्षेत्र बनेको कारण जडिबुटी बहुमूल्य जडिबुटी संरक्षण क्षेत्रबाट निकासी हुँदै आएको छ।

गत आर्थिक वर्षमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयबाट कुल ६३ हजार २ सय ६३ किलोग्राम जडिबुटी निकासी भएको सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles