25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

डडेलधुराको एक मात्र कभर्ड हल भत्कियो

डडेल्धुरा, असार ३१ ।

जीण अवस्थामा रहेको डडेलधुरा अमरगढी नगरपालिका वडा नम्बर ४ मा रहेको ३४ बर्ष पुरानो कभर्ड हल भत्किएको  छ ।

वर्षाका कारण शनिबार कभर्ड हल भत्किएको  खेलकुद विकास समिती डडेलधुराले जानकारी दिएको छ ।

पुरानो कभर्ड हल मर्मत नभएकाले भत्किएको हो ।

खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवालाले ध्यान नदिँदा हल भत्किएको बताए ।

अमरगढी नगरपालिकालाई पनि जीर्ण हलको मर्मत संहारका लागि निकै अनुरोध गरीएको  तर बेवास्ता गरियो अध्यक्ष मगरले बताए ।

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा पानीले प्रभावित हुने मगरले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles