25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

नक्कली स्मार्ट लाईसेन्सको प्रयोग

काठमाडौं, असार ३१

 नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ ।
नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो ।

नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।
मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन् ।

महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए ।
नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा.५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए ।
महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो ।
मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए ।

उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको थियो ।
नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति रहेछ ।
मनोजको लाइसेन्स नक्कली रहेछ ।

पक्राउ परेका चक्रको लाइसेन्स पनि काठमाडौंका विष्णु महर्जनको नाममा रहेको कोड नम्बरबाट लिइएको खुलेको हो ।
महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक हाछेथूू लाइसेन्स स्मार्ट बने पनि जाँच गर्ने स्मार्ट प्रविधि ट्राफिक प्रहरीलाई नदिँदा कारोबार बढेको बताउँछन् ।
उनले भने, ‘लाइसेन्स स्मार्ट बन्यो, तर परीक्षण गर्ने प्रणाली स्मार्ट हुन सकेन ।

हामीले जति पनि नक्कली स्मार्ट लाइसेन्स समातेका छौँ, ती सबै शंकाका आधारमा मात्रै समातिएका हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles