29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

ट्यांकरमा लक सिस्टम लागू

विराटनगर, असार ३० गते ।
नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम लागू गरेको छ

निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गर्नुभयो । सो अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमति आएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्नेलगायत उद्देश्यमा सहयोग पुग्ने हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रजिअ आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनु पर्ने बताउनुभयो ।

लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाएको छ ।

लक सिस्टम ९ताला० भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ ।

सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles