28.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

धनगढी लायन्स क्लबको नयाँ कार्य समिती अध्यक्षमा जोशी

रोशन भट्ट, धनगढी असार ३० ।

धनगढी लायन्स क्लबको नयाँ कार्य समिती गठन गरिएको छ ।

डा.पदमराज जोशीको नेतृत्वमा  नयाँ कार्य समिती गठन गरीएको हो ।

जसको प्रथम उपाध्यक्षमा देवबहादुर मल्ल, द्धितिय उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट र तृृतिय उपाध्याक्षमा संगीता जोशी दाहाल चएन भएका छन।

यस्तै सचिवमा नेत्रप्रसाद उपाध्याय र कोषाध्यक्षमा डा.लोकबहादुर बिष्ट चयन भएका छन ।
नयाँ कार्य समितीमा चयन भएका अध्यक्ष डा.पदमराज जोशीले लायन्स क्लब धनगढीले विभिन्न कार्यक्रम गर्ने बताएका छन । उनले रक्तदान सहित कार्यक्रमहरु गर्न लायन्स  क्लब धनगढीलाई समस्या नहुने बताए ।

समाजसेवी ओमप्रकाश अग्रवालले सहयोगको घोषणा गरेको १ लाख रुपैयालाई सदुपयोग गर्ने उनको प्रतिबद्धता छ । यस्तै बर्ष २०१७/०१८ को उत्कृष्ट लायन्समा सञ्जीता कुँवरलाई सम्मान गरएिको छ ।

लायन्स क्लब धनगढीका पुर्व कार्य समितिले आर्थिक बर्ष सन २०१७/०१८ को आयव्यय समेत सार्वजनिक गरिएको छ ।

१९ लाख २२ हजार बढीको आर्यव्यय सार्वजनीक गरीएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles