36.6 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

आमोदीलाई रु ५१ हजार राशीको पुरस्कार

चितवन, असार ३० गते ।
चितवन साहित्य परिषद र नारायणी कला मन्दिर, चितवनले आज जिल्लाका दुई श्रष्टालाई नगदसहित सम्मान गरेका छन् ।

भानु जयन्तीको अवसरमा ‘चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार’बाट चितवन रत्ननगरका गजल समीक्षक केशवराज आमोदी र ‘चिसाप प्रतिभा पुरस्कार’बाट श्रष्टा पूर्णप्रसाद अधिकारीलाई सम्मान गरिएको हो ।

आमोदीलाई रु ५१ हजार ४५ र अधिकारीलाई रु ११ हजार ४५ नगदसहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको परिषद्का अध्यक्ष सुरेन्द्र पौडेल ‘अस्तफल’ले जानकारी दिनुभयो ।

आमोदीको पौराणिक महाकाव्य ‘उषा अनिरुद्ध’का लागि सो पुरस्कार प्रदान गरिएको हो । प्राप्त कृतिहरुबाट छनोट गरिएको कृतिलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।

परिषदले चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार विसं २०७१ सालदेखि दिँदै आएको छ । यसअघि बलराम अधिकारी, गोविन्दराज विनोदी र सिमा आभाष सो पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । ‘चिसाप प्रतिभा पुरस्कार’ भने २०५२ सालदेखि वितरण गर्न थालिएको हो ।

पुरस्कार वितरण समोरहका क्रममा गजल समीक्षक आमोदीको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार केदारनाथ खनाल र अधिकारीको बारेमा गायत्री श्रेष्ठले चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा भानु प्रतिष्ठान काठमाडौँका अध्यक्ष व्रतराज अचार्यले भानुभक्तले भाषिक एकीकरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उहाँको योगदान कसैले भुल्न नहुनेमा जोड दिनुभएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles