धनगढी वसपार्कको स्तरोन्नतिको काम अधुरै

द्वारा : सुदुर न्युज
0

धनगढी, असार ३० गते ।

असार २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहे पनि धनगढी बसापार्क स्तरोन्नतिको काम अधुरै रहेको छ । शघन सहरी विकास कार्यक्रम अन्तर्गत यो योजनाको करिव २५ प्रतिशत काम बाँकी छ ।

सम्झौता अवधिमा काम सम्पन्न नभएपछि योजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले ६ महिना समय थपेको  छ ।

राजेन्द्र–रुद्रावती जेभीसंँग १ करोड ३४ लाख ९२ हजार रुपैया लागतमा स्तरोन्नतिको सम्झौता भएपछि निर्माण कार्य सुरु गरिएकोमा निर्माण कम्पनीले तोकिएको समयमा सवै काम सम्पन्न गर्न नसकेको हो ।

सुदुरपश्चिम यातायात व्यवसायी संघले वस सञ्चालन गरिरहेकोले पटक पटक वस हटाएर स्थान खाली नगरिदा निर्माणको काम ढिलो गरी सुरु भएकोले ६ महिना समय थपिएको सहरी विकास तथा भवन निर्माण डिभिजन धनगढीका प्रमुख रविन्द्र वोहोराले बताए ।

बसपार्कभित्रका पुराना संरचना हटाएर पुरै क्षेत्र कालोपत्रे र ‘इन्टरनल टायल’ निर्माण गर्ने सम्झौता छ । बसपार्कमा अव कालोपत्रेको काम गगर्न वाँकी रहेको छ ।

केही दिन अगाडी कालोपत्रे सुरु गरिएको भएपनि वर्षातको समय सुरु भएकोले कालोपत्रे गुणस्तरी नहुने भन्दै रोक्न निर्देशन दिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।

वर्षात पछि कालोपत्रे  गर्नका लागि म्याद थपिएको कार्यालयका प्रमुख वोहोराले वताए । यता निर्माण व्यवसायी किशोर ठकुराठीले भने स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको वताए । मौसमले साथ दिएमा केही दिनमै कालोपत्रे सम्पन्न गरिने ठकुराठीको दावी छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy