37.7 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

पहिरोले पाँच परिवार विस्थापित ,सयौँ रोपनीमा लगाएको धान नष्ट

जाजरकोट, असार ३० गते ।

यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ ।

आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् ।

हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् ।

त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ ।

कायखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयवासीको उठीबास लागेको हो । मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सकडबाट यहाँका दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् ।

सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामा लगाएको अन्नबालीसमेत नष्ट भएको छ ।

यस्तै छेप्का–कैना सडक खण्डको डाँडागाउँमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि पहल शुरु गरिने नलगाड नगरपालिकाले बताएको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles