37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

प्रदेश ७ का पहाडी जिल्लाका आधा खेत बाँझै

जनक विष्ट, धनगढी असार ३० गते ।

असार सकिन लाग्दा प्रदेश नम्बर ७ मा ८३ प्रतिशत मात्रै रोपाई सकिएको छ ।

१७ प्रतिशत धान खेती हुने जमीन अझै वाँझै छ । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा रोपाई अन्तिम चरणमा रहँदा अधिकांश पहाडी जिल्लामा भने धान रोपाई हुने आधा खेत बाँझै रहेको छ ।

सिचाई सुविधा भएका ठाँउमा असार १५ गते अगावै रोपाई सम्पन्न भएपनि सिचाई सुविधा नभएका ठाँउमा रोपाई हुन नसकेको हो । आकाशे पानीको भरमा रोपाई हुने स्थानका बासिन्दा असार मसान्तसम्म पानी नपरेपछि निराश भएका छन् ।

क्षेत्रिय कृषि निर्देशनालय दिपायल डोटीका अनुसार कैलाली र कञ्चनपुरमा रोपाई अन्तिम चरणमा रहेका बेला अधिकांश पहाडी जिल्लाको धान खेती हुने जमीनमा रोपाई हुन सकेको छैन् ।

क्षेत्रीय कृषि निर्देशनालयका अनुसार शुक्रबारसम्म नौ वटै जिल्लाको गरेर ८३ प्रतिशत खेतमा रोपाई हुँदा १७ प्रतिशत खेतमा रोपाई हुन सकेको छैन ।

सबैभन्दा बढि कैलालीमा ९५ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम अछाममा ५० प्रतिशत रोपाई भएको छ । बाजुरामा  ८७ प्रतिशत, कञ्चनपुरमा ८० प्रतिशत, डोटीमा ६५ प्रतिशत, बैतडीमा ५६ प्रतिशत, दार्चुला र डडेल्धुरामा ५५÷५५ प्रतिशत रोपाई भएको छ ।

प्रदेश ७ को कुल रोपाई योग्य जमिन २ लाख ३९ हजार हेक्टर मध्ये १ लाख ९९ हजार हेक्टर अर्थात ८३ प्रतिशत रोपाई भईसकेको क्षेत्रीय कृषि निर्देशनालय दिपायलकी प्राविधिक सहायक सरिता पन्त भट्टले बताईन् ।

पश्चिम नेपालमा ढिलो गरी मनसुन आउँदा पनि सक्रियता कम भएका कारण आकाशे पानीको पर्खाईएमा रहेका किसानहरुले रोपाई गर्न नपाएका हुन् ।

४० हजार हेक्टर वढी क्षेत्रफलमा रोपाई वाँकी रहेका वेला आकाशे पानीको प्रतिक्षामा रहेको वैतडीको पाटन नगरपालिका ३ का स्थानीय किसान रामसिंह विष्टले बताए ।

सिंचाई अभावकै कारण रोप्न ठिक्क भईसकेको धानको बेर्ना सुकिरहेको डडेल्धुराको पर्शुराम नगरपालिका १२ का किसान महावीर धामीले बताए ।
कैलालीमा ७१ हजार हेक्टरमध्ये ३ हजार ५ सय, कञ्चनपुरमा ४८ हजार हेक्टर मध्ये ९ हजार ६ सय, बझाङमा ७० हजार हेक्टर मध्ये ५ हजार ६ सय हेक्टर जमिनमा रोपाई हुन बाँकी छ ।

यस्तै अछाममा १६ हजार हेक्टरमध्ये ८ हजार, बैतडीमा ९ हजार हेक्टरमध्ये ४हजार, डोटीमा १० हजार हेक्टर मध्ये ३ हजार, डडेल्धुरामा ६ हजार हेक्टर मध्ये २७ सय हेक्टर, दार्चुलामा साढे ४ हजार हेक्टर मध्ये २ हजार र बाजुरामा ४ सय ३१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन बाँकी रहेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

मनसुन सक्रिय भएका साउनको दोस्रो सातासम्म अधिकांश खेत रोपाई गरेर सकिने क्षेत्रीय कृषि निर्देशनालय दिपायलले अनुमान गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles