33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

खेत अझै बाँझै

भरतपुर, असार ३० गते ।

पर्याप्त सिँचाइको अभावमा असार सकिनै लाग्दा पनि चितवनमा आधाभन्दा बढी क्षेत्रफलमा धानको रोपाइँ हुन सकेको छैन ।

तुलनात्मक रूपमा पूर्वी चितवन र माडी क्षेत्रमा अलि बढी रोपाइँ भए पनि जिल्लाकै मध्यभागमा रहेको भरतपुर महानगरभित्रैका अधिकांश धान खेत अझै बाँझै छन् ।
टिकौली पारी पूर्वी क्षेत्र (रत्ननगर, खैरहानी, राप्ती र कालिका नगरपालिका)मा ८० प्रतिशत, माडीमा ६० प्रतिशत क्षेत्रमा रोपाइँ सकियो भने भरतपुर महानगरमा अहिलेसम्म २० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ हुन सकेको छैन, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले भन्नुभयो, पूर्वी चितवनको तुलनामा पश्चिम चितवनमा सिँचाइको व्यवस्था पर्याप्त नहँुदा रोपाइँ ढिलाइ भएको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनले जिल्लमा यो वर्ष २८ हजार छ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ ।

धान खेती हुनेमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा मात्रै १२ हजार हेक्टर क्षेत्रफल पर्दछ । यही क्षेत्रमा रोपाइँ ढिलो हँुदा समग्र चितवनमै रोपाइँमा प्रभाव देखिएको हो ।
जिल्लाभरि त्यस्तै १४ हजार हेक्टरको हाराहारीमा रोपाइँ भै सक्यो ।

अब बाँकी क्षेत्रमा पनि विस्तारै रोपाइँ हुनेछ, प्रमुख श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार चितवनमा भएको धान रोप्ने जमिनमध्ये ७० प्रतिशत क्षेत्र मात्रै आशिक अर्थात् मौसमी सिञ्चित क्षेत्र छ ।

पूर्ण सिञ्चित क्षेत्र कम भएकाले नै चितवनका किसान धान रोप्न वर्षात्को पानी कुर्नुपर्ने वाध्यतामा हुन्छन् ।
अघिल्लो वर्ष चितवनमा २९ हजार चार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा एक लाख दस हजार मेट्रिक टन उत्पादन भएको तथ्याङ्क कृषि विकास कार्यालयसँग छ तर यो वर्ष धान खेती हुने क्षेत्रफल नै घट्न गएकोले उत्पादन घट्ने निश्चित छ ।
पश्चिम चितवनका भरतपुर, गीतानगर, शिवनगर, शारदानगर, गुञ्जानगर, पार्वतीपुर, शुक्रनगर, दिव्यनगरलगायतका क्षेत्रलाई केन्द्रित गरी सिँचाइका लागि नारायणी लिफ्ट र खगेरी सिँचाइ हो तर यो सिँचाइ प्रभावकारी नहँुदा किसानले असार सकिँदै गर्दा पनि धान रोप्न नपाएका हुन् । पश्चिम चितवन गुञ्जानगरका किसान रामहरि अधिकारी भन्नुहुन्छ, समयमा पानी पाइँदैन कसरी धान रोप्ने हो ।
अधिकारीको दुई बिघा जग्गा धान रोपाइँ हुन्छ ।

बोरिङ लगाएर केही क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रको रोपाइँका लागि भलपानी नै पर्खनुपर्ने उहाँले गुनासो गर्नुभयो । मनसुन सुरु भए पनि चितवनमा पर्याप्त वर्षा हुन सकेको छैन ।

पर्याप्त वर्षा भएर भलपानी नआएसम्म यहाँका जग्गा रोपाइँ हुन सक्दैनन्, अधिकारीले भन्नुभयो ।
सरकारले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम घोषणा गरिरहेका बेला कृषिको उर्वर भूमि चितवनमै पर्याप्त सिँचाइको अभावमा किसान ढिलो धान रोप्न बाध्य छन् ।
आफै त खेतीयोग्य जमिन बर्सेनि घट्दै गएको छ तर पनि समयमा धान रोप्न नपाएपछि फल कसरी लाग्छ, कृषि प्राविधिक नोदनाथ लामिछानेले भन्नुभयो । बाँझो खेतमा सिँचाइको व्यवस्था हुनुप¥यो ।

आधुनिक कृषि प्रणालीमा जोड दिँदै धानको उत्पादन बढाउनेतर्फ सरकारी निकायको ध्यान जानुपर्ने देखिन्छ, लामिछानेले भन्नुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles