26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

११ झोलुंगे पुल निर्माण

बागलुङ, असार ३० गते ।

झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् ।

जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् ।

जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो ।

रु तीन करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार ७०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएको छ ।

जिप्राकाको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–१० पाण्डवखानीको ल्याङ्गुरेघाट, ताराखोला गाउँपालिका–२ अर्गलको बराहघाटखोला र वडा नं ३ अमरभूमिको खालीखोलाघाटमा पुल निर्माण भएको छ ।

त्यस्तै जैमिनी नगरपालिकाका दमेकस्थित जुठेखाल्टाघाट र कौशिनीघाट, ढोरपाटन नगरपालिका, अधिकारीचौरको बुढाथोकघाट, बोवाङको सुप्राङ सिप्रुघाट, बरेङ गाउँपालिका, सल्यानको थप्लुङघाट र धुल्लुबाँस्कोटको लुग्दीखोलाघाटमा पुल बनेको हो ।

स्वीट्जरल्याण्ड सरकारको दातृ निकाय ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिका–६ को गादीखोला र ओख्रेनीघाटमा पुन निर्माण भएको हो ।

ती दुवै पुलमा ढोरपाटन नगरपालिकाले पनि १५ प्रतिशतका दरले आर्थिक सहयोग गरेको छ भने दुई प्रतिशत जनश्रमदान परेको छ ।

दुई वर्षअघिको बाढीले दुवै पुल बगाएपछि सोही ठाउँमा नयाँ पुल निर्माण गरिएको हो ।

गादीखोला र तीनखेत जोड्ने झोलुंगे पुल बनेपछि भण्डारी गाउँ, कुदुम, पानीपोखरालगायत बस्ती लाभान्वित भएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।

एघार वटै पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गरेको थियो ।

क्लबका सामाजिक परिचालक प्रेम केसीका अनुसार चालू आवभित्रै पुल निर्माण गर्ने लक्ष्य पूरा भएको बताउँदै आगामी आवमा थप छ पुल निर्माणका लागि सर्वेक्षण भइसकेको जानकारी दिनुभयो ।

‘बिवाइसी’ बागलुङले गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१० झोलुंगे पुल छन् ।

तीमध्ये २०० पुल जीर्ण भई पुनःनिर्माणको पखाईमा छन् । बजेट आएमा आगामी आवमा पनि पुल निर्माणको काम अघि बढ्ने जिप्राकाका इञ्जिनीयर बलविक्रम दाहालले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles