33.2 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जना सख्त घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि ३१ किलोमिटर पश्चिममा रहेको मेघाङ गाउंपालिका वडा नं. ६ मैवलमा गएराती गोठमा सुतिरहेका वेला चट्याङ लागेर स्थानीय ४७ वर्षिय दीपनारायण तामाङको मृत्यु भएको छ भने उनका छोरा, बहारी र नाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

तीनै जनाको नुवाकोटको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भएको थियो ।चट्याङ लागेर घाइते हुनेमा मृतका छोरा २२ वर्षीय सुर्यबहादुर तामाङ, बुहारी २० वर्षीया सुष्मा तामाङ र पाँच महिनाका नाती अरुण तामाङ रहेका छन् । सदरमुकाम विदुरवाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालका अनुसार घाइते तीन जनाको नुवाकोटमा उपचार हुन नसकेपछि त्रिवी शिक्षण अस्पतालमा पठाइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles