40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

ललितपुरकाे गोदावरी र लुभुबीच सम्पर्कविच्छेद

काठमाडाैं, असार २८ गते  ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाको ललितपुरमा पनि बाढीको दुष्प्रभाव परेको छ । यतिबेला ललितपुरको ग्वार्कोबाट लुभु जाने सडक अवरुद्ध बनेको छ ।

ग्वार्कोबाट लुभु जाने बाटोमा पर्ने गोदावरीको पुरानो पुल नयाँ बनाउन ठेकेदारले भत्काएको र नयाँ बनाउन शुरु नै नगरिएको अवस्था छ ।

यस अवस्थामा सो खोलामा खोला वारपार गर्न डाइभर्सन बनाएकोमा अहिले सो डाइभर्सनमाथिबाट खोला बग्न थालेकोले लुभु–ग्वार्को सडक अवरुद्ध भएको हो ।

लुभुबाट

गोदावरी नदी तरेर आउने कुनै पनि सवारीसाधन, एम्बुलेन्स, मोटरसाइकल अहिले सो सडकबाट आवतजावत गर्न सक्ने अवस्था छैन ।

बिहान घरबाट निस्किएका विद्यार्थी, कर्मचारी र अन्य प्रयोजनका निस्किएका व्यक्ति घर फर्कने अवस्था छैन ।

गोदावरी नदीपारि लुभुतिरका बासिन्दा अहिले अरू क्षेत्रसँग सम्पर्कविच्छेदको अवस्थामा छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles