५ नम्बर प्रदेशको संसदीय समितिः काँग्रेस र फोरमलाई एक–एकको नेतृत्व

द्वारा : सुदुर न्युज

यमलाल भुसाल, बुटवल, असार २८ गते ।

प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी प्रदेश ५ को प्रदेश सभामा ६ वटा संसदीय समिति गठन भएका छन् ।

६ समिति मध्ये प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक । एक समितिको नेतृत्व दिने गरी सहमति जुटेपछि समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गरिएको हो ।

बुधबारको प्रदेशसभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीले समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाउनु भएको हो ।

प्रदेश सभा नियमावली अनुसार प्रदेश मन्त्रालयका काम र जिम्मेवारी समावेश हुने गरी ६ समिति गठन भएका हुन ।

प्रदेश ५ मा सार्वजनिक लेखा, अर्थ उद्योग तथा पर्यटन, भौतिक पूर्वाधार तथा विकास, प्रदेश मामिला तथा कानून, सामाजिक विकास, र कृषि, वन तथा वातावरण समिति गठन भएका छन ।

कांग्रेसले लेखा समिति र फोरमले कृषि, वन तथा वातावरण समितिको नेतृत्व पाउने सहमती भएको छ । सार्वजनिक लेखा समिति १२ र भौतिक पुर्वाधार १४ र अन्य समिति १३ सदस्यीय बनाइएको छ ।

लेखा समितिमा प्रतिपक्षबाट ४ र सत्ता पक्षबाट ८ सांसद छन । अन्य समितिमा प्रतिपक्षका तीन । तीन जना राखिएको छ ।

लेखा समितिमा कांग्रेसका तर्फबाट डिल्ली चौधरी, निर्मला क्षेत्री, वसिउद्धिन खाँ र भुवनेश्वर चौधरी छन ।

नेकपाका विष्णु पन्थी, बिमला पन्थी, कुलप्रसाद पोखरेल, गीता थापा, तिलकराम शर्मा, पार्वती पुन, युवराज खनाल र रेवतीरमण शर्मा छन् । समितिहरुको नेतृत्वको टुङ्गो लागिनसकेको भए पनि कांग्रेसले पाउने यो समितिको नेतृत्व सांसद डिल्लीबहादुर चौधरीले गर्ने बताइएको छ ।

१३ सदस्यीय अर्थ, उद्योग तथा पर्यटन समितिमा अमरबहादुर डाँगी, कृष्ण न्यौपाने, कृष्णा केसी, तुलाराम घर्ती, तुल्सी चौधरी, थानकुमारी थापा, दधिराम न्यौपाने, पुर्मती ढेंगा, वीरेन्द्रकुमार कनोडिया, माला गोतामे, रामजीप्रसाद घिमिरे, बैजनाथ कलवार र सनिता ठठेर छन् ।

भौतिक पूर्वाधार तथा विकास समितिमा इन्द्रप्रसाद खरेल, उत्तरकुमार ओली, चिन्तावती कुर्मी, जालपा भुसाल, तारा जिसी, दिनेश पन्थी, धर्मलालप्रसाद श्रीवास्तव, नारायण आचार्य, पुष्पा थरुनी, फकरुद्धिन खान, वीरबहादुर राना, भूमिश्वर ढकाल, लौटी थारु र सहसराम यादव छन् ।

प्रदेश मामिला तथा कानून समितमा आशा स्वर्णकार, इन्द्रजित थारु, कृष्णध्वज खड्का, खडकबहादुर खत्री, दीपेन्द्र अधिकारी, बलदेव शर्मा पोखरेल, भगवती भण्डारी, भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, सन्तोष कुमार पाण्डेय, सरस्वती गौतम, सुरेन्द्रबहादुर हमाल, हरिप्रसाद रिजाल छन ।

सामाजिक विकास समितिमा अजय शाही, अर्जुनकुमार केसी, अर्जुनकुमार श्रेष्ठ, अष्टभूजा पाठक, कमला बिक, तेजबहादुर ओली, दीपा बिक, दीपेश थारु, दीर्घनारायण पाण्डे, पुरनमान बज्राचार्य, बाबुराम गौतम, रीना नेपाल बिक र सुमन शर्मा रायमाझी छन् ।

कृषि वन वातावरणमा कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, दामा शर्मा, दीपेन्द्र पुन मगर, धमकली चौधरी, फौजिया जसिम, मोहम्मद याकुव अन्सारी, रमा घर्ती, रुन्धावती शर्मा, विजयबहादुर यादव, शान्तिदेवी स्वर्णकार र सुष्मा यादव छन्

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com