37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बालविवाह बिरुद्ध अभियानः मण्डवबाटै दुलहीका बावु पक्राउ

कृष्णउदास खनाल, वीरगन्ज, असार २७ गते ।  ।

वीरगन्ज महानगरपालिका व डा नम्बर २२ मनियारीमा बालविवाह भएको भन्दै एक अभिभावकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

मंगलबार राती ८ बजे बिवाहको तयारी भइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको हो ।

केटा पक्षका काका मुनेश यादवका अनुसार प्रहरीले बिना कारण अन्दाज र कसैको बहकावमा परी मर्यादित र सुसजित जन्तीलाई हस्तक्षेप गरी विवाह रोेकेको आरोप ललगाएका छन् ।

केटा पक्षले केटाको नागरिका समेत देखाए पछि २० बर्ष उमेर पुगेर केटा पक्षका अभिभावकहरुलाई छोडेको यादवले बताए ।

उता सोही गाउमा रहेको केटी पक्षको घरमा गई केटीका बुवा चतुरी यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

उपरीक्षक ढकालका अनुसार बालविवाह भइरहेको सुचनाका आधारमा केटीका बुवा चतुरी यादवलाई पक्राउ गरिएको हो केटी पक्षको उमेर विवाहका लागि योग्य नभएका कारण अभिभावकलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ढकालले बताए ।

पर्सामा बालविवाह रोक्नका लागि प्रयास भएपनि अझै सार्थक रुप लिन सकेको छैन । वालविवाह बिरुद्ध प्रहरी अब कठोर बन्ने प्रहरीको भनाइ छ ।खासगरी मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाका कारण पनि बालविवाहको घटना यस क्षेत्रमा बढ्ने गरेको पाइन्छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles