28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, असार २६ गते ।

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ ।

जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ ।

क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो निभाउन फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको छ ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका छन् । आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन बाँकी छ ।

आगलागीपश्चात् २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ । विसं २०२३ देखि विद्युत् उत्पादन शुरु गरेको उक्त केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिँदै आएको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles