42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

गोरेका तीनसहयोगी कारागार चलान

विराटनगर, असार २६ गते ।

साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दाका मुख्य अभियुक्त गोरे भनीने चुडामणि उप्रेतीका तीन जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले सोमबार ६ जना अभियुक्तमध्ये तीन जनालाई पुर्पक्षका लागि थुना राख्ने तथा तीन जनालाई धरौटीमा छोडने आदेश दिएका हुन् ।

जेल चलान हुनेमा काठमाण्डौ १६ स्वयम्भूका ५४ वर्षिय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमरा तिवारी र काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल पुर्पक्षको लगि मोरङ कारागार चलान भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

त्यस्तै उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, र दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ जनही १ लाख रुपैयाँ धरौटिमा छोडने आदेश दिएकोे जिल्ला अदालत मोरङले जनाएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह ःथापना सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेका थिए ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles