29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

९० वर्षीया अपांग वृद्धा बलात्कृत

पर्वत, (नेस), असार २६ गते ।
मदिराको नशामा ९० बर्षिया अपाङग बृद्धालाई बलत्कार गरेको अभियोग लागेका २० बर्षिय युवकलाई ११ बर्ष जेल सजाय सुनाइएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं १ का २० बर्षिय शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो ।पर्वत जिल्ला अदालतका न्यायधिश धु्रबप्रसाद सापकोटाको इजलासले परियारलाई पुर्पक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ती तिराउने फैसला गरेको श्रेष्तेदार दयाराम पोखरेलले जानकारी दिए ।

परियारलाई बैशाख ६ गते मोदी गाउँपालिका ३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा मुख नबोल्ने(वाक अपांगता) भएकी ९० बर्षिया अपांग बृद्धालाई बलत्कार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणी अन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

बैषाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा बृद्धालाई बलात्कार गरेपछि पिडीतले आफन्तलाई जानकारी दिएकी थिइन् । परियारले आफुँले मदिराको नशाँमा रहेको समयमा बलात्कार गरेको स्विकार गरेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles