नागरिकता लिनेको भिड बढ्यो

द्वारा : सुदुर न्युज

वीरगन्ज,  असार २६ गते  ।

पर्सा जिल्लामा गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत नागरिकता लिनेहरूको संख्यामा वृद्धि भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साको तथ्याङ्क अनुसार वैशाख १५ गतेसम्म पर्साबाट एक हजार ५ सय ९३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् जबकि आव २०७३–०७४ को १२ महिनामा एक हजार ,३ सय ६१ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका थिए।

चालू आवको असार महिनासम्म वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या करिब २ हजार पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अनुमान छ। उनले गैरनेपाली महिलाले नेपाली पुरुषसँग विवाह गरी आप्mनो देशको परिचयपत्र त्याग गरेको खण्डमा नेपाल सरकारले वैवाहिक अङ्गीकृत नागरिकता दिने बताए ।

गत आवको १२ महिनामा ६ जनाले अङ्गीकृत नागरिकता पाएकोमा चालू आवको १० महिनामा १४ जनाले अङ्गीकृत नागरिकता पाएको उनले बताए ।

संविधानमा व्यवस्था भएबमोजिम अङ्गीकृत नागरिकता वितरण भइरहेको उनले जानकारी गराए। प्रशासन कार्यालयबाट गत आवको १२ महिनामा २सय ७३ जना बालबालिकाको नाबालिग परिचयपत्र बनाइएकोमा चालू आवको वैशाखसम्म २ सय १६ जनाको नाबालिग परिचयपत्र बनाइएको छ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com