बसले किच्दा एक पैदल यात्रुको मृत्यु

द्वारा : सुदुर न्युज
0

तुलसीपुर, दाङ, असार २६ गते । ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

तुलसीपुरइलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।
उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy