30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

प्रदेश नम्बर ४ को नाम गण्डकी राखिएको विरोधमा पोखरा बन्द

असार २५ गते

प्रदेशको नाम जातीय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ।

बन्दका कारण पोखराको जनजीवन प्रभावित बनेको छ । त्यहाँका सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् भने, मुख्य बजारका पसलहरू पनि बन्द छन् । विद्यालय, क्याम्पस पनि बन्द छन् । निजी गाडी, मोटरसाइकल केही मात्रामा सञ्चालनमा आएका छन् ।

प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातीय संघ संस्थाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूको आन्दोलनलाई नयाँ शक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles