41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

डा. केसीलाई वार्तामा आउन शिक्षामन्त्रीको आग्रह

काठमाडौं, असार २४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गरेका छन् ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन वरिष्ठ चिकित्सक केसीलाई आह्वान गरेका हुन् ।

उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

आईतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पारे ।

जुम्लामा आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीलाई तत्काल काठमाडौंमा आउन पनि मन्त्री पोखरेलको आग्रह छ ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सिटिईभीटी) लाई पुनर्गठन गर्ने घोषणा पनि गरे । उनले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पुर्याउने गरी सिटिईभीटीलाई पुनर्गठन गर्न लागिएको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोड्न सरकार लागि परेको बताए ।

मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles